भाेलि भूकम्पकाे स्मृति : सार्वजनिक विदाकाे घाेषणा

barpark_sulikot_office
लाेकपाटी न्यूज
0 Shares

काठमाडौ, ११ बैशाख। गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा भोलि सार्वजनिक बिदा हुने भएको छ। बारपाकको सुलिकोट गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पलेले १ सय ३० जनाको मृत्यु भएको थियो।

गत चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। यो निर्णयसँगै त्यस दिन गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्थाहरु लगायतमा बिदा हुने बताइएको छ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो भने थुप्रै घाइते भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्