श्रीलंका विस्फोट : नौ आत्मघाती विस्फोटकको पहिचान

srilanka bisfot
लाेकपाटी न्यूज

एजेन्सी । श्रीलंका पुलिसले गरेको अनुसन्धानपछि आइतबारको श्रृंखलाबद्ध विस्फोटमा नौ जना संलग्न रहेको पुष्टि भएको छ ।

तीमध्ये आठजनाको पहिचान भइसकेको रक्षा मन्त्रीले बुधबार बताएका छन् । यसमा एकजना महिला भएको पनि बताइएको छ । आत्मघाती हमलाकारीमध्ये कट्टरपन्थी इस्लामिक समूहका लिडर पनि रहेको मन्त्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

उनका अनुसार प्रायः सबै हमलाकारी पढेलेखेका र आत्मनिर्भर अनि मध्यम वर्गको परिवारबाट संलग्न रहेका छन् । प्रहरीले हालसम्म घटनामा संलग्न भएको आशंकामा ६० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्