भ्रष्टाचारी र आतंकवादी ३७ जनालाई मृत्युदण्ड

mritudanda- saudi
लाेकपाटी न्यूज

साउदी, ११ वैशाख । साउदी अरबमा भ्रष्टाचारी र आतंकवादमा लागेका ३७ जनालाई मृत्युदण्ड दिइएको छ।

देशको सुरक्षामा खतरा रहेका आतंकवाद र भ्रष्टाचारीमा लागेका ३७ जनालाई मृत्युदण्ड दिइएको साउदी प्रेस एजेन्सीले जनाएको हो।

साउदीकै नागरिक रहेका उनीहरुलाई देशका विभिन्न क्षेत्रमा मृत्युदण्ड दिइएको एजेन्सीले जनाएको छ। साउदी अरब विश्वमा मृत्युदण्ड दिने शीर्ष मूलुकमध्येको एक हो। सन् २०१६ मा साउदीले एकैपटक ४७ जनालाई मृत्युदण्ड दिएको थियो। आतंकवाद र भ्रष्टाचारीमाथि साउदी सरकार निकै कट्टर छ। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्