‘प्रधानमन्त्रीज्यू, दाङको विकासलाई प्राथमिकता दिनुपर्‍यो’

Kp Oli shanta chaudhary
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख । नेकपा संंघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दाङको विकासका लागि ध्यानाकर्षण गराएकी छिन्।

दाङको समग्र विकासका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गर्न सचेत चौधरीले प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी थिइन्। त्यसैगरी उनले आगामी नीति कार्यक्रममा आफूहरुले प्रस्तुत गरेको कार्यक्रमअनुसार नीति कार्यक्रम ल्याउन सुझाव दिएकी छिन्।

नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले प्रदेश नं.–५ को राजधानी विषयमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको सचेतक चौधरीको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए।

कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको विकासका लागि आफू सदैव लागिपरेको बताएका छन्। ‘दाङको विकासका लागि संघीय सरकारले गर्नुपर्ने सबैखाले सहयोग गर्छ, त्यसमा दाङबासीलाई दुविधा नरहन आग्रह गर्दछु’ प्रधानमन्त्री ओलीले भनेका थिए।

यसैगरी प्रदेश राजधानीको विषयमा प्रधानमन्त्री ओलीले ढिलो चाँडो प्रदेश पाँचको राजधानी सबैको पायक पर्ने ठाउँ हुने बताएको चौधरीको सचिवालयले जनाएको छ।