गर्मीमा कुन–कुन तरकारी र फलफूल खानु राम्रो ?

vegetables
लाेकपाटी न्यूज

काठमाडौं। गर्मी मौसममा खानपानमा अलिकति लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ। जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ।

यस्तो बेला बढी तारेको वा मसालायुक्त खाना धेरै खानु हुँदैंन। फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो। त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ। गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ।

१. लौकाः लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ। सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ। लौका चिसो खालको तरकारी हो। यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ। क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ। गर्मी मौसममा यसले पेट सफा पार्छ। ग्यास बन्न दिँदैंन। फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ।

२. प्याजः गर्मी मौसममा प्याज वरदान नै हो। यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ। यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ। यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ। यो मौसममा काँचो प्याज खानाले लू पनि लाग्दैन। यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ।

३. करेलाः स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। यो सजिलै पच्छ। यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ। यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ। करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ। यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ।

४. हरियो सिमीः हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ। यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ। यो फोलिक एसिडको पनि राम्रो स्रोत हो। यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ। पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ। कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ।

५. फर्सीः फर्सी खनिज तत्वले भरपूर हुन्छ। यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ। यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ। यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ। गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो।

६. गोलभेंडाः दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ। यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ। गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ। त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ।

शरीरमा गर्मीको महसुस बढी हुँदा खाना खान मन नलाग्ने समस्याले विभिन्न रोगको संक्रमण हुन्छ। यसबाट जोगिन पानी र तरल पदार्थ प्रशस्त पिउने र फलफूलहरु खाने गर्नुपर्छ। कुन–कुन फलफूल खाने ?

१. खरबुजाः गर्मी मौसममा खरबुजा खाँदा शरीरमा पानीको पूर्तिमात्रै होइन, चिनीको मात्रासहित धेरै खनिज पदार्थ, भिटामिन र थोरै क्यालोरी पनि पाइन्छ। यसमा पाइने भिटामिन ‘ए’ले कपाल र छालालाई पनि राम्रो गर्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सहयोग पुर्‍याउनुका साथै कब्जियत हुनबाट पनि जोगाउँछ। यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ।

२. स्याउः स्याउमा पाइने फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्सजस्ता तत्वले गर्मीबाट जोगाउँछ। साथै स्याउमा पोटासियम, क्याल्सियम र फस्फोरस पनि अधिक मात्रामा पाइन्छ।

३. मेवाः गर्मीमा खानै पर्ने अर्को फल हो मेवा। मेवा खाँदा छालालाई डढ्नबाट जोगाउन सहयोग गरी उपयुक्त सनब्लकको काम गर्छ। यसले मुटुका रोग, मधुमेह, क्यान्सरबाट बचाउन मद्दत गर्नुका साथै ब्लड प्रेसर घटाउँछ साथै घाउ पनि छिटो निको पार्ने काम गर्छ।

४. काँक्रोः काँक्रो पनि गर्मीमा खाँदा लाभदायिक हुन्छ। यसमा ९५ प्रतिशत मात्रा पानी पाइन्छ।समा रहेको फाइबरको मात्राले कब्जियत हुनबाट जोगाउँछ। यसमा सोडियम, कार्बोहाइड्रेट, कोलेस्ट्रोलको मात्रा निकै कम पाइन्छ। काँक्रा काटेर माथिबाट थोरै वीरे नून छर्केर खानुस् वा दहीमा मिलाएर खानुस्, तपाईं उत्कृष्ट स्वाद पाउनुहुन्छ साथै शरीरलाई शीतलता पनि।

५. भूइँकटहरः गर्मीमा खान छुटाउनै नहुने भूँइकटहर पनि हो। छाला र स्वास्थ्यका लागि निकै नै उपयोगी फल भूँइकटहरमा भिटामिन सी धेरै मात्रामा पाइन्छ, जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।

६. केराः केरा खानाले चिसो महसुस गराउनुका साथै ब्लड प्रेसर, आज्मा र क्यान्सरको जोखिम पनि घटाउँछ। यसमा धेरै मात्रामा कार्बोहाइड्रेट्स र फाइबर पाइन्छ । गर्मीमा धेरै झाडापखालाको समस्या पनि भोगिरहेका हुन्छौँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्