कर्णेल गद्दाफी : ‘जसको परिवार टेन्टमा बस्ने गर्दथ्याे’

Karnel-Gaddafi
लाेकपाटी न्यूज

एजेन्सी। लिबियाका पूर्वशासक जनरल मुअम्मर गद्दाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ। उनलाई विश्वकै तानाशाहका रुपमा लिइन्छ। तर, आज पनि उनको चर्चा हुने गरेको छ।

गद्दाफीको शासनकाल क्रुरता र बर्बरताले भरिएपछि लिबियाली जनताका लागि गद्दाफीले गरेका कामहरु आजसम्म कुनै पनि शासकले गर्न सकेका छैनन्। उनीसँग जोडिएका केही कुराहरु छन्, जसका बारेमा हामी धेरैलाई थाहा नहुन सक्छ।

१. प्रत्येक नागरिकलाई घर : प्रत्येक नागरिकलाई घर मानव अधिकारको पहिलो सूचिमा राखिएको थियो। गद्दाफीले कसम खाएका थिए, जबसम्म लिबियाका हरेक नागरिकलाई घर हुनेछैन, तबसम्म आफ्ना माता पितालाई घर बनाउने छैनन्। यसै कारण पनि गद्दाफी परिवार टेन्टमा बस्ने गर्थे।

२. बिना व्याज बैंकबाट ऋण : लिबियामा गद्धाफी सरकारको आफ्नै स्टेट बैंक रहेको थियो। यस बैंकमार्फत् आफ्ना नागरिकलाई बिना व्याजमा ऋण दिने गरिन्थ्यो। त्यस्तै तेल बेचेर आएको कुल रकमको एक भाग सोझै नागरिकहरुको खातामा जाने गर्थ्याे।

३. बिजुलीको महशुल मिनाहा : लिबियाका जनतालाई बिजुली प्रयोग गरेबापत पैसा तिर्नुपर्दैन्थ्यो। यो अधिकारलाई गद्दाफी सरकारले प्राथमिकतामा राखेको थियो। उज्यालो बस्न नपाउने नागरिकको अधिकार भएको ठान्थे गद्दाफी।

४. विवाहित जोडीलाई ५० हजार डलर : विवाह गरेका प्रत्येक जोडीलाई ५० हजार डलर दिने गरिन्थ्यो। बच्चाहरु जन्मिएपश्चात् पालनपोषण खर्चका लागि ३ लाख रुपैंया दिने गरिन्थ्यो। उनको निर्णय युवा पुस्तामा निकै लोकप्रिय थियो।

५. निशूल्क शिक्षा : गद्धाफी सरकार भइञ्जेल लिबियामा निशूल्क शिक्षा दिने नियम रहेको थियो। विदेशमा पढ्न चाहने विद्यार्थीको खर्चसमेत सरकारले नै व्यहोर्ने गर्थ्याे। विदेशमा पढिरहेका विद्यार्थीलाई मासिक डेढ लाखसम्म दिने काम गद्दाफी सरकारले गरेको थियो।

६. निशूल्क स्वास्थ्य : गद्दाफी सरकार भइञ्जेल स्वास्थ्य लाभ पनि नागरिकले निशूल्क उठाउने गरेका थिए। मेडिकलमा हुने सबै खर्च सरकारले उठाउने गरेको थियो। देश बाहिर हुने परीक्षण र उपचार खर्च सरकारले नै व्यहोर्ने काम गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्