एयर इन्डियाको विमानमा आगाे लाग्याे

fire
लाेकपाटी न्यूज

नयाँ दिल्ली, १२ वैशाख । एयर इन्डियाको विमानमा आगलागी भएको छ। दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको हो ।

उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले ४२ सेकेन्डको भिडियो सेयर गरेको छ जसमा आगो निभाइरहेको देख्न सकिन्छ । एयर इन्डियाले यसलाई सामान्य दुर्घटना बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्