काठमाडौं, १३ वैशाख। आज (शुक्रबार) दिउँसो ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल साङ्गितिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता–२०७६’ हुने भएको छ।
दिउँसो ४.३० बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने कार्यक्रममा जनयायक टुहुरेले आफ्ना छानिएका १४ वटा गीत गाउनेछन्। सोही कार्यक्रममा जेबि टुहुरे फाउण्डेशनको पनि घोषणा गरिनेछ।
फाउण्डेशनले जनवादी गीत संगीतको प्रवद्र्धन तथा राष्ट्र सेवा, मानव सेवा र समाज सेवाका क्षेत्रमा काम गर्ने अध्यक्ष निर्भिका टुहुरेले बताइन्। वि.सं. २०२४ सालदेखि साङ्गितीक क्षेत्रमा प्रवेश गरेका टुहुरेले करिव १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन्।
‘आमा दिदीबहिनी हो, कति बस्छौं दासी भई, सुखको सधैं प्यासी बनेर’ उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको चर्चित गीत हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको सहभागिता रहने छ।
फाउण्डेशनले एकल साँझ सहभागिताका लागि सम्पूर्ण शुभेच्छुकहरुमा अनुरोध पनि गरेको छ। जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले पनि एकल प्रस्तुतिमा सहभागी हुन प्रगतिशील स्रष्टा र शुभेच्छुकहरुमा अपील गरेका छन्।