काठमाडौं, १३ वैशाख। आज शुक्रबार पनि देशभरको मौसममा उताडचढाव हुनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह मेघ गर्जन सहित वर्षाको संभावना रहेको विभागले जनाएको छ।
यसैगरी शुक्रबारराति देशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।