साइप्रस, १३ वैशाख। साइप्रसमा सात महिलाको हत्या भएको छ। हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन्। मृतक महिलामध्ये दुई जनाको शव बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो। शव फेला परेका तीनै जना महिला फिलिपिन्सका रहेको जनाइएको छ।
पक्राउ परेका व्यक्ति सेनामा रहेको जनाइरहेको छ। ३५ वर्षीय ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनले दिएको सूचनाका आधारमा प्रहरीले थप शवको खोजी गरिरहेको छ। मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ।
मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन्। ‘सिरियल किलर’ को निशानामा पर्नेहरुमा रोमानियाकी एक महिला र उनकी ८ वर्षीया छोरी पनि छन्। हत्या गरिएकी अर्की एक महिलाको ६ वर्षीया छोरी बेपत्ता रहेको बताइएको छ। (एजेन्सी)