चट्याङ लागेर राजवंशीको मृत्यु

लाेकपाटी न्यूज

भद्रपुर, १३ वैशाख । झापाको भद्रपुर नगरपालिका ६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए।

झापाको मेचीनगर नगरपालिका १५ मा गत चैत २३ गते चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्