ट्रम्प गलत मनसाय भएका व्यक्ति हुन् : नेता किम

Kim Jong
लाेकपाटी न्यूज

मस्को, १३ वैशाख । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गलत मनसाय भएको व्यक्ति भएको बताएका छन्।

उनले हालैका वार्ताहरूमा अमेरिकाले खराब मनसायका साथ एकपक्षीय अडान लिएकाले पुरानै स्थितिमा पुग्न सक्ने चेतावनीसमेत दिए।

नेता किमले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वासिंटनमा भर पर्ने पनि बताए। रुसी राष्टपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका क्रममा किमले रुसी राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमणको निमन्त्रणा दिएका छन्। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्