यातायात व्यवस्था कार्यालयका विचौलिया घुससहित पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज
0 Shares

वीरगञ्ज, १३ वैशाख। यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ वर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन्।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुको साथबाट अख्तियारको टोलीले नगद ३१ हजार रुपैयाँ र केही कागजपत्र समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्