नयाँदिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीको आय पछिल्लो पाँच सालमा दुईगुणा भएको छ। यति मात्रै होइन, उनको कूल सम्पत्तिमा समेत ६० प्रतिशतको बृद्धि भएको छ।
१५ वर्षसम्म गुजरातको मुख्यमन्त्री रहेको र पाँच वर्षसम्म देशको पीएम भइसकेका उनको चलअचल सम्पत्ति केवल २ करोड ५१ लाख ३६ हजार मात्रै रहेको छ। वाराणसीबाट शुक्रवार नामांकन दाखिल गराएपछि उनले पेश गरेको विवरणमा उल्लेख भएअनुसार पछिल्लो एक वर्षमा पीएम मोदीको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६२१ रुपैयाँ थपियो।
यसैगरी, पाँच वर्षमा करिब एक करोड रुपैयाँको सम्पत्ति उनको बढेको छ। शुक्रबार दाखिल गरिएको शपथपत्रका अनुसार पीएम मोदीको कूल सम्पत्ति २ करोड ५१ लाख ३६ हजार ११९ भारतीय रुपैयाँ रहेको छ। तर, चल सम्पत्तिको हिसाब गर्नेहो भने पीएमसँग केबल ३८ हजार ७ सय ५० रुपैयाँ मात्रै रहेको छ।
भारतीय स्टेट बैंकको गान्धी नगर शाखामा केवल चार हजार १४३ रुपैयाँ रहेको छ। यसका अलावा एक करोड २७ लाख ८१ हजार ५७४ रुपैयाँ एफडीआर रहेको छ। उनीसँग १ दशमलव १३ प्रतिशत मूल्यको सुन रहेको छ। उनीसँग जम्मा ४ वटा औंठी रहेको छ। २० हजार रुपैयाँको एलएण्डटी इन्फ्रास्ट्रक्चरको बाण्ड पनि उनले खरीद गरेका छन्।
यसका अलावा एनएससी र एलआइसीमा उनले लगानी पनि गरेका छन्। पीएम मोदीले गुजरातमा २००२ मा १ लाख ३० हजार रुपैयाँमा एउटा प्लान्ट खरीद गरेका थिए। अहिले यसको मूल्य १ करोड १० लाख पुगेको छ। यसबाट उनलाई ८४ गुणा फाइदा भएको छ।