धनगढीको तापक्रम यो वर्षकै उच्च, कहाँको तापक्रम कति ?

Dhangadhi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ वैशाख। काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली भई दिनहुँ पानी परिरहेको छ।बेलाबेलामा पानी परेकाले पहाडी क्षेत्रका तापक्रम धेरै बढेको छैन। शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस मापन गरिएको छ।

तर, विगत केही दिनयता तराई क्षेत्रमा भने गर्मी वढ्दा जनजीवन प्रभावित भएको छ। कतिपय ठाउँमा तातो हावासमेत चलेको छ। शुक्रबार नेपालगञ्ज र धनगढीको तापक्रम यो वर्षकै उच्च ४१ डिग्री सेल्सियस नाघेको छ।धनगढीमा शुक्रबार ४१ दशमल ५ डिग्री र नेपालगञ्जको ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यहाँको न्युनतम तापक्रम २३ डिग्री छ। नेपालगञ्जको हिजोको तापक्रम सात वर्षयताकै उच्च हो। सात वर्षअघि यहि समयमा नेपालगञ्जको तापक्रम ४२ दशमलब २ डिग्री सेल्सियस पुगेको थियो।

यसअघि गएको वैशाख २ गते ३९ दशमलव २ सेल्सियस मापन गरिएको नेपालगञ्जको तापक्रम त्यसयता घटेको थियो। तर शुक्रबार यो वर्षकै उच्च ४१ डिग्री पुगेको हो।

तराईमा तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले तापक्रम अझै बढ्ने मौसमविद्ले बताएका छन्। मध्य र पूर्वी तराईमा पनि तापक्रम बढ्दै गएको छ। शुक्रबार विराटनगरको तापक्रम ३७.२ डिग्री सेल्सियस पुगेको छ। त्यसैगरी भैरहवामा ३७, दाङ ३७.२, जनकपुर ३५, सिमरा ३६.८, धरान ३५.५, दिपायल ३७.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्