शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित

satyamohan joshi
लाेकपाटी न्यूज

काठमाडौं, १४ बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोरखा सर्जक समाजले सम्मानित गरेको छ । शनिबार राजधानी स्थित लेखनाथ साहित्य सदनमा उक्त समाजद्वारा आयोजित कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रममाझ जोशीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमूख अतिथि समेत रहेका जोशीलाई गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र पूर्वमन्त्री तथा साहित्यकार चिरन्जिवी वाग्लेले सम्मान गरेका थिए । सम्मानका क्रममा जोशीलाई दोसल्ला तथा प्रमाणपत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट प्रेसित शुभकामना सन्देश वाचन गरिएको थियो । सोही कार्यक्रम माझ शताब्दी पुरुष सत्यमोहन जोशीले तारापति ढकालद्वारा लिखित कृति मेरा केही एकांकीहरु को विमोचन गरेका थिए ।

कार्यक्रममा जोशीले गोरखा सर्जक समाजबाट सम्मानित हुन पाउँदा आफूलाई ज्यादै खुशी लागेको बताउँदै उनले कला र साहित्य समाजको प्रतिबिम्ब रहेकोले यिनको जगेर्ना गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले गोरखा सर्जक समाज कला साहित्यको उत्थान र सर्जकको सम्मानमा अनवरत रुपमा लागि पर्दै जाने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष शारदा घिमिरेले स्वागत मन्तव्य राख्दै गोरखा सर्जक समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु गर्वको बिषय रहेको बताइन् ।

कार्यक्रममा स्रष्टाहरु चिरन्जिवी वाग्लेले शहिदलाई सम्झिएर, बमबहादुर थापा जितालीले लुट्दै गए, पुरुशोत्तम दाहालले कालो जिब्रो, सिताराम अधिकारीले खन्चुवा, डा. टिकाराम अधिकारीले नयाँ बर्ष, तिर्थराज अधिकारीले वासन्ती कला, आलोकश्रीले नेपाललाई चिन्नु छ, शम्भु अधिकारीले नेपाल मेरो घर, चन्द्रकान्त अधिकारीले हकदाबी सुपर्दगी, शुशिला ढकाल अधिकारीले मेरो जन्मस्थल गोरखा, कृष्ण बहादुर साहु श्रेष्ठले उन्मुक्ति प्रेम, बुद्धीराज पाण्डेले गिर्खा, डा। फणिन्द्रराज देवकोटा (श्रमजीवि यात्री) ले रारा, डा. नवराज कट्टेलको कलाकार खै, श्री कृष्ण न्यौपानेले राजनेताको खोजी, राम बहादुर नेपालीले मेरो गोरखा, नरनाथ पौडेलले मेरी केदारनाथ खनालले राष्ट्रियता, तारापति शर्मा ढकालले गुरु महिमा, उमा अधिकारीले मातृत्व, भाग्यशाली अधिकारीले नेपाल र नेपाली, श्रुतिकुमारी रेग्मीले नव बर्ष, गीता रेग्मीले म लाचार छु, बिजयराज न्यौपानेले छोडेर आछौ तर सम्झि राछौ, सुमन थापाले नेता, बाल कृष्ण सुबेदीले हामी कता?, नारायण सापकोटाले सपनाको क्याम्पस, जिवन अधिकारीले को हो को हो, श्रीहरीले धर्ती उज्ज्यालो बनोस, विमला लामिछानेले नयाँ बर्ष, मिना गुरुङले नबिर्सौ नेपाली हो, श्रीहरी पाण्डेले यही देशको माटोमा, श्यामजी अजिजीले मृत्युको मुखबाट, दुर्गा किरण तिवारीले म जमेकी छु शीर्षकमा कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्