ज्यादा रक्सी पिउनुहुन्छ ? यी हुन् रक्सीबाट लाग्ने पाँच रोग

alchohal Drinking
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। मदिरा सेवन स्वास्थ्यको लागि हानिकारक हो। यसको लतले व्यक्तिका साथै उसका परिवारलाई पनि हानी गर्छ। रक्सीका कारण समाजमा ठूलठूला घटनासमेत घट्ने गरेका छन्।

अब वैज्ञानिहरुले शोध गरेर मदिराका दुष्परिणाम बारे बताएका छन्। एक शोधका अनुसार, मदिरा पिउने बानीले कलेजका छात्रहरुलाई खराब जीवनशैलीको कूचक्रमा फसाउँछ। यसले उनीहरुको पढाइका साथै मानसिक तनाव र कम निन्द्राको समस्या बढाउँछ।

यस शोधका लागि अमेरिकाको बिंघमटन यूनिवर्सिटीका शोधकर्ताले देशका विभिन्न विश्वविद्यालयहरुका ५५८ छात्रछात्रामाथि सर्वे गरेका छन्। सो क्रममा उनीहरुले ज्यादा मात्रामा मदिरा सेवन गर्ने छात्रहरुको शैक्षिक प्रदर्शनमा गिरावट आएको पाए। साथै उनीहरु मानसिक रूपमा तनावग्रस्त रहने र निन्द्राबाट पनि ग्रसित थिए।

बिंघमटन यूनिवर्सिटीका एसिस्टेन्ट प्रोफेसर लीना भन्छिन्, ‘हामीले रोबस्ट डाटा–मीनिङ्ग प्रविधिको माध्यमबाट कलेजका यस्ता छात्रहरुको पहिचान गर्‍यौं, जो मादक पदार्थ सेवन गर्थे। निन्द्राको कमी र मानसिक तनावका कारण उनीहरु एक गम्भीर संकटबाट गुज्रिरहेका थिए। उनीहरुको व्यवहारमा पनि निकै परिवर्तन देख्न सकिन्छ।’

ज्यादा रक्सी पिउनुको बेफाइदा : मदिरा सेवनबाट कैयांै प्रकारका स्वास्थ्य समस्या हुन सक्छ, जसमा लिभरको समस्या मूख्य रहेको छ। शोधकर्ताहरुका अनुसार मदिराको अधिक सेवनबाट ६० भन्दा ज्यादा रोगसँग जुधिरहेका हुन्छन्।

१. पागलपन : उमेर बढेसँगै मानिसहरुमा औसत रूपमा लगभग १.९ प्रतिशतको दरमा मस्तिष्क खुम्चिरहेको हुन्छ। यसलाई सामान्य मानिन्छ। तर, अधिक मदिरा पिउनाले मस्तिष्कको केही महत्वपूर्ण हिस्सामा संकुचनको गति बढ्छ र स्मृति हराएर पागलपनको लक्षण देखा पर्दछ।

२. एनिमिया : अधिक मात्रामा मदिरा पिउनाले शरिरमा अक्सिजन बोक्ने रातो रक्त कोशिकाहरुको संख्या असामान्य रूपमा कमी हुन्छ। यो अवस्थालाई एनिमिया भनिन्छ, जसकारण थकान, श्वास लिन समस्या देखिन्छ।

३. क्यान्सर : वैज्ञानिकहरुका अनुसार शरीरमा मदिरा एसिटेल्डिहाइड, शक्तिशाली केसरजनमा परिवर्तित भएपछि खतरा बढ्छ। मदिराको ज्यादा उपयोगबाट मुख, गला, ग्रासनली, लिभर, स्तन, पेट र मलासयको क्यान्सर हुने खतरा अधिक हुन्छ। क्यान्सरको खतरा मदिरासँग सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई अझ ज्यादा हुन्छ।

४. हृदयघात : अधिक मदिरा पिउने कारण प्लेटलेट्सको ब्लड क्लोट्सको रूपमा जम्मा हुने सम्भावना अधिक हुन्छ, जसकारण हृदयघात वा स्ट्रोक हुन सक्छ। पहिले हार्ट अट्याक भएका ज्यादा मदिरा पिउने व्यक्तिमा मृत्युको सम्भावना ज्यादा रहने शोधकर्ताहरुले निष्कर्ष निकालेका छन्।

५. सोरायसिस : लिभर सेल्सका लागि मदिरा बिष सामान हो। अधिक मदिरा खानेलाई सिरोसिसको समस्या हुन्छ, जुन घातक हो। यस अवस्थामा लिभर भारी भएर काम गर्न असमर्थ हुन्छ।