प्रशासकीय अधिकृत शर्मा आफ्नै रकमले विद्यार्थी पढाउँदै

students
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ वैशाख। डोटी जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन्।

भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। उनले भने, “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन् तर आर्थिक अवस्था नाजुक भएकाले पढाइमा बाधा भएको खबर सुनेपछि मैले पढाउने निर्णय लिएको हुँ।”

उनका बुबाको ५ वर्षअगाडि मृत्यु भइसकेको र घरमा आमा, चार दिदीबहिनी हुँदा पढाइमा समस्या भएकोे स्थानीयवासी तेजबहादुर पुनमगरले बताए। स्थानीयवासीका अनुसार भीमबहादुरले कक्षा ८ मा कक्षा सबैलाई जितेका छन्।

प्रमुख प्रशासकीय अधिकृत शर्माले भीमबहादुरको कक्षा ९ र १० को सम्पूर्ण पढाइ व्यवस्थापन बेहोर्ने लिखित कागजसमेत गरेका छन्। यहाँका सामुदायिक विद्यालयमा एक जनप्रतिनिधिले अनिर्वाय विद्यार्थी भर्ना गर्नुपर्ने नियम बनाएर विद्यार्थी भर्ना गरिरहे पनि अभिभावकत्व ग्रहणमा उनी नै पहिलो व्यक्ति भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्