श्रमिकको हकहितका पक्षमा नीति निर्माण गछौं : मन्त्री विष्ट

gokarna-bista
लाेकपाटी न्यूज

काठमाडौं , १५ वैशाख। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

१९ औं व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हकहितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताएका हुन्।

उनले दैनिक कामका लागि विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको बताए।

उनले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याएर उचित पारिश्रमिक, स्वास्थ्य सेवा, पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए।