काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले विकास निर्माणको कामलाई अवरुद्ध पारेको बताएका छन्।
प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरुमा पर्न गएको लगानीले राज्यलाई गम्भिर क्षति भइरहेको औंल्याएका छन्। आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले मुलूक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको दोर्होयाएका छन्।
प्रधानमन्त्री ओलीले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानूनहरुको संशोधन गर्नुपर्ने पनि बताए । उनले विकास, निर्माणको कामलाई गति दिन पुराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको बताए ।