नयाँ फिल्ममा साइन गर्न किन डराए शाहरुख खान ?

shaharukh khan
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । बलिउड अभिनेता शाहरुख खान नयाँ फिल्ममा साइन गर्न डराएका छन्। उनले फिल्म ‘जिरो’ व्यवसायिक रुपमा विफल भएपछि आफूलाई त्यस्ले निकै गहिरो प्रभाव पारेको र त्यसकै कारण अहिले कुनै पनि नयाँ फिल्म साइन गर्न हिम्मत जुटाउन नसकिरहेको बताएका छन्।

उनले भने, ‘यसपटक फिल्म साइन गर्नुअघि केही समय लिनेछु । पहिला दुई तीन महिनामा निर्णय लिने गर्दथेँ ।’ वास्तवमा शाहरुख बेइजिङ फिल्म फेस्टिबलमा ‘जिरो’ को स्क्रिनिङका लागि चीन पुगेका थिए । त्यहाँ उनले यसको असफलता र आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरे ।

शाहरुखले चीनमा एक वेबसाइटलाई दिएको अन्तरवार्तामा भने, ‘यसपटक म पहिलेकै गल्ति दोहोर्याउँछु जस्तो लाग्दैन । मलाई लाग्छ कि यसपटक म फिल्म हेर्न, स्क्रिप्ट सुन्न र किताब पढ्नका लागि समय लिनेछु । मेरा छोराछोरी पनि आफ्नो कलेज लाइफ पूरा गरिरहेका छन् । सुहाना कलेजमा छिन्, आर्यनको पढाई यो वर्ष पूरा हुनेछ । म परिवारसँग धेरै समय बिताउन चाहन्छु ।’

शाहरुखले थपे, ‘मैले कतै भनेको थिएँ कि म जूनमा नयाँ प्रोजेक्ट सुरु गर्नेछु । तर यस्तो गर्न असक्षम छु । म त्यतिबेला मात्रै फिल्म गर्नेछु जब मनबाट आवाज आउनेछ । जब मेरो मनले अभिनय गर्न भन्नेछ तब मात्र गर्नेछु । मैले १५–२० वटा कथा सुनेको छु र तीमध्ये दुई–तीनवटा मन परेको छ । तर अहिले नै कुन फिल्म गर्ने भनेर निर्णय गरिसकेको छैन । किनभने मैले निर्णय गर्नेबित्तिकै फिल्ममा काम गर्न सुरु गरिहाल्नेछु । म यसमा पूर्ण रुपमा तल्लिन हुनेछु ।’

आनन्द एल. रायको निर्देशनमा बनेको ‘जिरो’ गत वर्ष डिसेम्बर २१ तारिखमा रिलिज भएको थियो जुन बक्स अफिसमा फ्लप साबित भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्