भण्डाफोर अभियान चलाउने कांग्रेसको निर्णय

Nepali congress_flag logo
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ वैशाख। नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ।

काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घर दैलोसम्म पुर्‍याउने निर्णय गरेको छ।

सरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलो पुग्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले सातओटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताए।

बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको छ। बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शाशांक कोइरालालगायतका नेताको उपस्थिति थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्