६१ तोला सुन चोर्ने पाँच पक्राउ (नामसहित)

hatkadi-pakrau
लाेकपाटी न्यूज
0 Shares

सिन्धुली, १६ वैशाख। सिन्धुलीमा ६१ तोला सुन चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीले पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका ५, देउराली, नीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका ७, ठूलीटारका हरि खत्री र मोरङको सुन्दरहरैंचा नगरपालिका २ का सुनिल बराइलीलाई सार्वजनिक गरेको हो।

चोरीमा संलग्न अरु तीनजना अझै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। गएको फागुन ६ गते सदरमुकाम सिन्धुलीमाडीस्थित स्टलबजारमा रहेको मिश्राकुमारी खड्काको घरमा डेरागरी बस्ने सुरजित सरकारको कोठाबाट उनीहरुले ६१ तोला सुन चोरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्