आक्रमण भएको छैन, विप्लव समूहले हल्ला गर्‍याे : मूख्यमन्त्री पोखरेल

Shankar-Pokhrel
लाेकपाटी न्यूज

रोल्पा, १६ वैशाख । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका वैचारिक नेता शंकर पोखरेललाई लक्षित गरी कुनै पनि बिष्फोटको घटना नभएको पाइएको छ । चन्दा आतंक मच्चाउँदै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नागरिकलाई त्रसित बनाउन घटना नै नभएको जिल्लामा मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी बम विस्फोट भएको हल्ला आफूनिकट मिडियामार्फत फैलाउन लगाएको पाइएको हो ।

‘मुख्यमन्त्री पोखरेल लिवाङको कार्यकर्ता प्रशिक्षणलगायत विभिन्न सरकारी काममा व्यस्त हुनुहुन्छ, आज रोल्पामा कँही कतै बम विस्फोट भएको छैन, विप्लव समूहले अफवाह फैलाएको हो,’ मुख्यमन्त्री पोखरेलसँगै रहेका उनका प्रमूख स्वकीय सचिव सरोज रेग्मीले भने। मुख्यमन्त्री पोखरेल आज दिनभर रोल्पाको कार्यक्रममा व्यस्त रहेको बताइएको छ।

विप्लव समूहले आफ्नो चन्दा आतंकमा सहयोग होस् भनी मुख्यमन्त्री लक्षित विस्फोटको समाचार प्रकाशन गराएको बताइएको छ । कार्यकर्ता प्रशिक्षणको क्रममा पोखरेलले समग्र विकास योजनाको विषयमा आफ्नो धारणा राखेका थिए। उनले नयाँ सरकार गठन भएको एक वर्षभित्र विकासको आधार तयार भएको र अब समृद्धिको यात्राले गति लिने अवस्था आएको बताए।

प्रशिक्षणका क्रममा बोल्दै मूख्यमन्त्री पोखरेलले भने, ‘एक बर्षमा चार लाख पर्यटक बढे नेपालमा, पर्यटक बढेपछि खाद्यन्न पनि जोहो गर्नुपर्यो, यसरी खर्च गरेको खाद्यन्न आम्दानी हो कि खर्च हो, मुलूक संकटमा पर्दैन भन्ने विश्लेषण जसरी भइरहेको छ, त्यो नेपाली समाजलाई दिग्भ्रमित पार्ने सुनियोजित योजना हो, यस्तो भ्रममा कोही पर्नुहुन्न।’