पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। दुरदराजको यात्रा लाभदायक हुनेछ। भूमिबाटपनि लाभलिन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। आकस्मिक धनलाभ होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कठोर परिश्रम गर्नुपर्ने समय छ। अनावश्यक यात्रा हुनेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। ढिलै भए पनि काम सम्पन्न हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक काममा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको काममा सफलता नमिल्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्