गैँडाको आक्रमणले महतोको मृत्यु

लाेकपाटी न्यूज

चितवन, १७ वैशाख। गैँडाले आक्रमण गर्दा चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई सोमबारराति ९ बजे गैँडाले आक्रमण गरेको थियो।

गम्भीर घाइते महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। महतोको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्