पाँच पत्रकार संगठनकाे माेर्चाबन्दी

patrakar sangathan 5
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ वैशाख। ५ पत्रकार संघ संगठनहरु एकजुट भई दबाबमूलक आन्दोलन गर्ने भएका छन्।पछिल्लो समयमा सरकार पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गराउने खेल चलिरहेको भन्दै उनीहरुले दबाबमूलक आन्दोलन गर्ने भएका हुन्।

काठमाडौंमा मंगलबार भएको पत्रकार सम्बद्ध ५ संघ संगठनहरु महत्वपूर्ण बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार हुँदै गएको निष्कर्षसहित दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय भएको हो जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताए।

जनपत्रकार संगठन नेपाल,क्रान्तिकारी पत्रकार महासंघ,प्रगतिशील पत्रकार संघ,प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजको सयुक्त बैठकबसी सरकारले चालेको पछिल्लो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

जनपत्रकार संगठन नेपालका तर्फबाट अध्यक्ष प्रकाश डुम्रे,क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउत,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा,मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगाएतको सयुक्त बैठकले दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

साथै पत्रकार महासंघको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै महासंघको भूमिका बढाउन आग्रह गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए। बैठकमा देशभर सरकारले गरेको पत्रकार धरपकड र गिरफ्तारी तत्काल रोक्न माग गर्दै हिरासतमा राखिएका पत्रकारलाई अविलम्ब रिहाइको माग गर्ने निर्णय भएको छ।Pb

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्