विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन

pic 5
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले  गरेका हुन्।

विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले मंगलबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेका थिए। निजी विद्यालय र कलेजमा भएको चर्को शुल्कवृद्धि घटाउनुपर्ने, माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने, देशमा बढेको हत्या, हिंसा नियन्त्रण गर्नुपर्ने, कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन्।

विद्यालयहरुमा मनपरि शुल्कवृद्धि हुँदासमेत सरकार मौन बसेको भन्दै उनीहरुले देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप लगाएका छन्। माइतीघर मन्डलादेखि नयाँबानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका विद्यार्थीहरुले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।