अफगानिस्तामा बम विस्फोट, नेपाली थापा र पुनको मृत्यु

0

काठमाडौं, १८ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम विस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ। एक सय १९ जना घाइते छन्।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको छ। केही समययता अफगानिस्तानसमेत दिल्ली दूतावासले हेर्ने गरेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई नेपालीको मृत्यु भएको छ।विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोप्लाका चन्द्र पुन रहेको बताइएपनि दूतावासबाट यसको औपचारिक पुष्टि भने भएको छैन। उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षा जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए । घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ ।

Comments
Loading...
You might also like