३० अर्ब नगद र १३ टन सुनसहित कम्युनिष्ट पार्टीका नेता पक्राउ

0

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता अवैध ३० अर्ब नगद र १३ टन सुनसहित पक्राउ परेका छन्। हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले पक्राउ गरेको हो।

हेनान प्रान्तका एक अधिकारीसँग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ। उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अरब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ। भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा उनको घरमा हजारौं सुनका ‘इट्टा’ भेटिएका थिए।

उनको खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अर्ब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको छ। झाङले कानूनको गम्भिर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ। अवैध रुपैयाँ र सुनसहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको छ।

उनी पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ। चीनको पूर्वी अन्हुई प्रान्तमा जन्मिएका झाङ सन् १९८३ मा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए। एजेन्सी

Comments
Loading...
You might also like