जापान नर्सिङ केयर गिभर परीक्षामा सबै फेल, भाषा परीक्षामा कति पास ?

  • 56
    Shares
0

काठमाडौं, १८ मंसिर। जापान सरकारले पहिलो चरणमा लिएको नर्सिङ केयर गिभरको परीक्षामा सबै परीक्षार्थी फेल भएका छन्। रोजगारीका लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नर्सिङ केयर गिभरमा कोही जान नपाउने भएका छन्।

जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा भने १ जना मात्र पास भएका छन्। भाषा परीक्षामा सहभागि हुन् १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ। जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नर्सिङ केयर गिभर र भाषा परीक्षामा सामेल गराइएको थियो।

पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छानिएकोमा ४ सय ९७ जनाले मात्र परीक्षा दिएका थिए। जसमा ५६ जना मात्र उतीर्ण भए । उतीर्ण भएकाहरुमध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परिक्षणमा १५ जना सहभागी भएको फाउन्डेसनले जानकारी दिएको छ।

भाषा परीक्षामा सहभागिमध्ये १ जना मात्र पास भए भने सीप परीक्षामा कसैले पास गर्न नसकेको जापान फाउन्डेसनले जनाएको छ। सीप परीक्षामा सबै असफल भएपछि पहिलो चरणमा जापान रोजगारीका लागि कोही जान नपाउने भएका छन्।

नेपाल र जापानको श्रम समझदारी अनुसार भाषा र सीप दुबैमा उत्रिण भएपछि मात्र जापान जान पाइने व्यवस्था छ। तर, सिप परिक्षणमा पहिलो चरणमा सहभागी भएका मध्ये १ जना पनि पास नभएपछि जापान जाने प्रक्रिया पहिलो चरण सकिएको छ।

Comments
Loading...
You might also like