फलोअर्सले मर्दा ठिक हुन्छ भनेपछि किशोरीले गरिन् आत्महत्या

suicide2
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ जेठ। फोटो शेयरिङ एप इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एक जना किशोरीले आत्महत्या गरेकी छन्। मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन्।

मत सर्भेक्षणमा उनले आफु मर्दा ठीक हुन्छ कि बाँच्दा ठीक हुन्छ भनेर सोधेकी थिइन्। त्यसक्रममा उनका ६९ प्रतिशत फलोअर्सले मर्दा ठीक हुन्छ भन्ने मत प्रकट गरे। बहुमत फलोअर्सले ‘मरे हुन्छ’ भनेपछि ती किशोरीले आत्महत्या गरिन्।

मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा लेखेकी थिइन्‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण \जीवन ।’ उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात डेथ अप्सनमा भोट गरेका थिए। त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन्।

मृतक पक्षका वकिलका अनुसार ती किशोरीको इन्स्टाग्राम पोष्टमा मर्दा हुन्छ भन्ने विकल्पमा मत जाहेर गर्ने इन्स्टाग्राम प्रयोगकर्तामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोगमा कारवाही हुनसक्ने सम्भावना छ।(एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्