बंगलादेशमा भीषण आँधी, पाँचको मृत्यु

Aadhi
फाइल तस्बिर
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ वैशाख । भारतको हिन्दु महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँच जनाको मृत्यु भएको छ।

आँधीमा परेर ६० जनाभन्दा बढी घाइते भएका छन्। आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको अधिकारीहरुले जनाएका छन्।

बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २ सय किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो। आँधीका कारण विद्यालय र कलेजहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्