भारतीय नागरिकले गरे नेपाल प्रहरीमाथि आक्रमण

gun
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ४ जेठ। बाँकेको नरैनापुरमा नेपाल प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति भारतीय नागरिकले नेपाल प्रहरीमाथि आक्रमण गरेका हुन्।

गएराति सीमा नाकामा जाँचका क्रममा नेपाल प्रहरीले ५ किलो चरेससहित एक भारतीय नागरिक देवीदिन विश्वकर्मालाई पक्राउ गरेपछि भारतीयले नैरनापुर ५ भगवानपुरस्थित प्रहरी चौकीमा ढुङ्गामुढासहित आक्रमण गरेका थिए।

प्रतिकारमा प्रहरीले ६६ राउन्ड हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्