रंगशालामा डोजर चलाउने प्रकाशमाथि सुन्तलीको आक्रोश (भिडियोसहित)

suntali
लाेकपाटी न्यूज
0 Shares

चितवन, १६ जेठ। चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला रंगशालाको तारबार भत्काउने कार्यको नेतृत्व गरेको भन्दै नेकपाका प्रकाश कडेंलमाथि कुञ्जना घिमिरे ‘सुन्तली’ आक्रोस व्यक्त गरेकी छिन्।

यस कार्यमा संलग्न सबैले कडा भन्दा कडा पाउनु पर्ने बताउँदै क्षतिपूर्ति दिनुपर्ने बताएकी छिन्। यस्ता खालका विकासका विरोधीहरुलाई समाजिक हक र अधिकारबाट बञ्चित गर्नुपर्ने माग राखिन्। डोडर चलेसँगै धुर्मुससुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्यक्रम रोकिएको गरेको छ।

रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने, त्रासहरु भईरहँदा पनि चितवनबासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाएको फाउण्डेशनले जनाएको छ।

तर, सुरक्षा नै नभएपछि बाध्य भएर काम रोक्नु परेको फाउण्डेशनको भनाई छ। बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेल नेतृत्वको केही समूहले रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार डोजर लगाएर भत्काएको थियो।

नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तारबार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताए। विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

https://www.facebook.com/379660965844725/videos/309672699919426/?t=4

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्