सन्दीप परेनन् टिममा, टस हारेर बलिङ गर्दै दिल्ली

Delhi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ वैशाख। अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल र राजसंस्थान रोयलबीचको खेल हुँदैछ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी भएको दिल्लीले लिग चरणको अन्तिम खेलमा उनलाई समावेश गरिएन। दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानमा राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। दक्षिण अफ्रिकाका तीव्र बलर कासिगो रबाडाको अनुपस्थितिमा दबाब महसुस गरेको दिल्लीले खेलमा नेपाली बलर सन्दीपलाई मौका नदिएको हो।

आईपीएलको ११ औं संस्करणमा डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन्। बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ।

आइतबार बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए। आइतबार बैंग्लोरविरुद्ध टोलीका लागि सबैभन्दा महंगो बलिङ गरी कुनै विकेट लिन सकेनन्। त्यसपछि सन्दीप चेन्नेइविरुद्धको खेलमा सहभागी भएनन् भने आजको खेलमा पनि उनले मौका नपाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्