काठमाडौं, १८ वैशाख। चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्कदैछिन्। ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन्।
चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिनका लागि चीन पुगेकी भण्डारी भ्रमण समायवधी अघि नै स्वदेश फर्कने भएकीछिन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी भ्रमण तालिकाभन्दा एक दिन अगाडि नै स्वदेश फर्कने भएकी हुन्। राष्ट्रपति भण्डारी बुधबार बिहान साढे १० बजे सिचुवान एयरलाइन्सको विमानबाट स्वदेश फिर्ता हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ।