भारतीयलाई नागरिकता दिनेलाई पक्राउ पूर्जी

Arrest
लाेकपाटी न्यूज
0 Shares

बिर्तामोड, १८ वैशाख। भारतीयलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार कचनकवल २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासदस्य धनबहादुर गुरुङ, वडासचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडाका नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै प्रहरीले कचनकवल २ का कविता गुरुङ, गंगाप्रसाद भट्टराई, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल र तुलसीराम गुरुङको नाममासमेत पक्राउ पुर्जी जारी गरेको छ। उनीहरू भूपालको जन्मदर्ता र नागरिकताका लागि सर्जमिनलगायत प्रक्रियामा संलग्न रहेको डीएसपी श्रेष्ठले बताए।

भूपाललाई छोरा भन्दै बमबहादुरले तयार पारेको कागजातमा वडा सचिव गौतमको हस्ताक्षरसहितको छाप लगाइएको छ। भूपालको जन्मदर्ता र वंशजको नागरिकता बनाउने मुचुल्कामा वडाध्यक्ष भट्टराईले सहीछाप गरेका छन्। आर्थिक अवस्था कमजोर भएकाले भूपालको जन्मदर्ता समयमै बनाउन नसकेको तथा पछि साथीहरूसँग घर छोडी हिँडेकाले अहिलेसम्म नागरिकतासमेत बनाउन नपाएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनप्रतिनिधिको लापरबाहीका कारणभारतीय नागरिकले नेपाली नागरिकता पाउने अवस्था बनेको आरोप लगाए। उनले भने, वडास्तरमा जनप्रतिनिधि र कर्मचारीले राम्ररी ध्यान नदिँदा झन्डै भारतीय नागरिकले नेपाली नागरिकता पायो। भारतीय नागरिकलाई नेपाली नागरिकता दिने गरी कागजपत्र निर्माणमा संलग्न भएका जनप्रतिनिधि, कर्मचारी र स्थानीय सबैमाथि नागरिकता ऐनअनुसार कारबाही हुने उनले बताए।

कचनकवल २ का ५५ वर्षीय बमबहादुर गुरुङ र ३६ वर्षका भूपाल गुरुङ गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय झापा पुगे । पुग्नुको उद्देश्य थियो भूपालको वंशजको नागरिकता बनाउनु । भूपाल बमबहादुरको छोरा भएको पुष्टि गर्ने आवश्यक कागजात साथैै लगेका थिए । भूपालको नागरिकता बन्ने प्रक्रिया अघि बढ्दै थियो ।

कागजपत्र पेस गर्ने क्रममा कार्यालयका कर्मचारीको आँखा अनायास भूपालको औंलामा पर्यो। औंलामा मसी लगाइएको थियो । कसरी मसी लाग्यो भनेर सोधीखोजी भयो । त्यस क्रममा भूपाल भारतीय नागरिक भएको पुष्टि भयो । प्रहरीले उनको साथबाट भारतीय मतदाता परिचयपत्रसमेत फेला पर्यो।

भारतको असम मणिपुरका उनी भारतमा जारी लोकसभा निर्वाचनमा मतदान गरेर नागरिकता बनाउन झापा आएका रहेछन्। उनी रहेछन्। मतदाता परिचयपत्रमा भूपालका बाबुको नाम चन्द्रबहादुर गुरुङ उल्लेख थियो। यसअनुसार सँगै आएका बमबहादुर गुरुङ पनि नक्कली बाबु निस्किए।

दुई जना पक्राउ परेपछि प्रहरीले उनीहरूलाई वंशजको नेपाली नागरिकता प्राप्त गर्ने गरी आवश्यक कागजी प्रक्रिया बनाइदिने व्यक्तिको खोजी भयो। त्यसक्रममा भारतीयलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा कचनाकबल गाउँपालिकाका जनप्रतिनिधिसहित ९ जनाका नाममा जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्