पर्यटन प्रवद्धन गर्न ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी

flower
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। समृद्ध सिन्धुली अभियानले पर्यटन प्रवद्धन गर्ने उद्धेश्यसहित ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी गर्ने भएको छ।

काठमाडौं र सिन्धुली जिल्लाको विभिन्न क्षेत्र र विषयको फोटो प्रदशीनी हुने भएको हो। ‘फोटो नेपाल’ को श्रृंखलाअन्तर्गत वैशाख २० गतेदेखि उक्त प्रदर्शनी हुने आयोजकले जनाएको छ। पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत ३५ तस्वीर राखिने छ।

सिन्धुली जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डमा ‘तस्वीरमा सिन्धुली’ एक हप्ते फोटो प्रदर्शनी आयोजना गरेको हो ।

पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत ३५ तस्वीर राखिने छ । सिन्धुलीका दुई ऐतिहासिकस्थल सिन्धुलीगढी र हरिहरपुरगढीलाई तस्वीरमा देख्न सकिने छ । यस्तै, सिन्धुलीको मौलिक उत्पादनका रुपमा जुनार र पर्यटकीय मार्गका रुपमा रहेको बीपी मार्ग र ऐतिहासिक पञ्चकन्या पोखरीको सुन्दर तस्वीरहरु प्रदर्शनीमा राखिने छ ।

विविध जातिको बसोबास रहेको सिन्धुलीको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई तस्वीरमा देख्न सकिने छ । जिल्लाबाट तस्वीर संकलनका लागि अभियानले आफ्नो पेज मार्फत् सामाजिक सञ्जालमा आह्वान गरेको थियो । प्रदर्शनीमा सिन्धुलीका स्थानीय नौं युनिटको प्रतिनिधित्व होस् भन्ने उद्देश्यसमेत अभियानको छ ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोशीमा जलपर्यटन र महाभारत पर्वत शृङ्खलामा पदमार्ग विशेष रहेको छ । यी तिनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ । पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन कार्य सँगसँगै लैजानु आवश्यक छ । अभियानको यो तस्वीर प्रदर्शनी गन्तव्यको प्रवद्र्धनमा टेवा पुर्याउनु पनि हो ।

अभियान्ता सौरभ ढकालले भने, ‘सिन्धुलीको समृद्धिका सम्भावनाको खोजी गरिरहेका छौं’ । सिन्धुलीमा पर्यटकीय स्थलहरु पर्याप्त रहेकाले त्यसलाई जिल्लाबाहिर चिनाउन फोटो प्रदर्शनी गर्न लागिएको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले सिन्धुलीमा पर्यटन विकासका लागि कला, संस्कृति, सम्पदाको संरक्षणसँगै प्रवद्र्धनका काम अगाडि बढाउनुपर्ने बताए ।

पर्यटन बोर्डमा प्रदर्शनीपछि ती तस्बिरहरु सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा समेत घुम्ती प्रदर्शनी गर्न लगिने छ । यसले स्थानीयस्तरमा रहेका पर्यटकीय महत्वको स्थलबारे जनमानसमा सचेतना ल्याउन सहयोग पुग्ने अभियानको विश्वास छ ।

तस्वीर प्रदर्शनीका क्रममा पर्यटन बोर्डमा सिन्धुलीको पर्यटन सम्बन्धी छलफल समेत गर्ने अभियानले योजना बनाएको छ । छलफलमा प्रत्येक गाउँपालिका तथा नगरपालिकाले पर्यटन विकासका बारेमा आफ्नो प्रस्तुति दिनेछन्।

प्रदर्शनीकै अवसरमा दिनैपिच्छे सिन्धुलीका श्रष्टाहरुद्वारा प्रकाशित पुस्तक, सिन्धुलीमा पदयात्राको सम्भावना र साइकल यात्राबारे छलफल समेत आयोजना गरिने छ । ‘तस्बिरमा सिन्धुली’ प्रदर्शनी एक सातासम्म हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्