आज पनि ठूलो हावाहुरी चल्ने पूर्वानुमान

Cloudy sky
लाेकपाटी न्यूज

काठमाडौँ, १९ वैशाख। मौसम पूर्वानुमान महाशाखाले नेपालको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ।

बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले नेपालमा पनि यस्तो सम्भावना देखिएको हो।

महाशाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेको स्पष्ट पारेको छ।

महाशाखाले यसको ठूलो प्रभाव नेपालमा नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरेको छ।

सम्भावित दुर्घटनाप्रति सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। यद्यपि, उनीहरुले भारतमा देखिएको चक्रवात नेपालतर्फ आउने सम्भावना नदेखिएको उल्लेख गरेका छन्।

महाशाखाले नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनसुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्