क्यान निलम्बनमा हुँदा क्रिकेटले थप उचाई लिन सकेन : पारस खड्का

khadka parash
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ वैशाख । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल गर्न उनले सरकारसँग आग्रह गरेका हुन्। युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान खड्काले लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको बताए।

उनले भने, ‘मन्त्रीज्यू र सदस्यसचिवज्यूबाट आईसीसीसँग कुरा गरेर फुकुवा गर्नु पर्‍यो। हामीले धेरै कुरा गुमाइसकेका छौं।’ ‘हाम्रो एकदिवसीय मान्यतालाई टिकाई राख्न क्यान आउनुपर्छ। हामीले अझ धेरै माथि पुग्नुछ।’

नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको पनि एक वर्ष नाघिसक्यो तर, क्रिकेट संघको विवाद अझै समाधान भएको छैन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्