चीनबाट फर्किएलगत्तै पराराष्ट्रमन्त्रीले गरे पत्रकार सम्मेलन

pradip
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ वैशाख। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी बिहीबार स्वदेश फर्किएका छन्।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई स्वदेश फर्किका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गरेको चीनको राजकीय भ्रमण ऐतिहासिक, सफल र फलदायी भएको बताए।

उनले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाउने बताए।

उनले चीनसँग बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएको र त्यसले आगामी दिनमा नेपालका विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने आफूलाई विश्वास लागेको बताए। यसैबीच मन्त्री ज्ञवालीले बिहीबारै पत्रकार सम्मेलन बोलाएका छन्।

परराष्ट्र मन्त्रालयमा बोलाइएको सो पत्रकार सम्मेलनमा राष्ट्रपतिको चीन भ्रमणको समीक्षा, दुई पक्षीय समझदारी, प्रधानमन्त्रीको आसन्न भियतना र कम्बोडिया भ्रमण लगायतका विषयमा जानकारी दिने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्