सरकार असफल भएको कांग्रेसको निष्कर्ष

Nepali-congress-meeting
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले सरकार पछिल्लो समय एकपछि अर्को काण्डमा मुछिएको भन्दै सरकार असफल भएको हो।

त्यसैगरी बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रमका बारेमा पनि छलफल गरेको सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए।

नेता डा. महतले सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र जिल्लातहमा केन्द्रीय नेताले सम्बोधन गर्ने जानकारी दिए। बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका नेता सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्