किन छन् बिहीबार देशभरका विद्युत प्राधिकरणको महसुल काउन्टर बन्द ?

biddhut-pradhikaran
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ वैशाख। बिहीबार देशभरी नै विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द गरिएका छन्। विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै कर्मचारीले काउण्टर बन्द गरेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज देशभरका कुनै पनि काउन्टरबाट विद्युत् महसुल तिर्न सकिने छैन्। जसका कारण सेवाग्राहीहरु भने मार्कामा पर्ने भएका छन्। चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिष्पर्धा हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको महसुल काउण्टर बन्द गरिए पनि अनलाइनको पहुँच हुनेहरुले अनलाइन प्रक्रियाबाट बिल भुक्तानी गर्न सक्ने छन्।