चट्याङ लागेर एकको मृत्यु

thunder_chatting-850
लाेकपाटी न्यूज

मकवानपुर, २० वैशाख। मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका देउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको हो।

चट्याङ लागेर मनहरीमा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गेपछि थप उपचारका लागि हेटौंडा अस्पताल लगिएकोे छ ।

पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केन्द्रीय राजधानी काठमाडौंलगायत देशका मध्य र पूर्वी भागमा अहिले पानी परिरहेको छ।
महाशाखाका मोसमविद् राजु प्रधानाङ्गले शनिबारसम्मै हावाहुरी र वर्षा हुने संभावना रहेको बताए। मेघ गर्जनसहित केही स्थानमा भारी वर्षा र केही ठाउँमा हल्का वर्षा हुने तथा हावाहुरी चल्ने भएकोले सचेत हुनुपर्ने उनको भनाइ छ।

‘पश्चिमी वायु र ओडिशाबाट उत्तरपूर्व अघि बढिरहेको फानीले हावाहुरी र मौसम बदली भएको हो,’ उनले भने, ‘मध्य र पूर्वी क्षेत्रमा यसको प्रभाव देखिन्छ। हावाहुरी र वर्षा हुन्छ।’मध्यपूर्व र पूर्वमा शनिबारसम्म नै मौसम बदली हुने उनले बताए।आइतबारदेखि मौसममा सुधार आउने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्