आइसिसी वरियतामा नेपाल ११ औँ स्थानमा

nepali-cricket-team
लाेकपाटी न्यूज

काठमाडौं, २१ वैशाख। आइसिसी वरियतामा नेपालको सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो। नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो । यसअघि नेपाल १४औँ स्थानमा थियो।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ।

त्यसैगरी छैटौँमा न्यूजील्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलङ्का, नवौँमा वेष्ट इण्डिज, दशौँमा बङ्गलादेश, बाह्रौँमा स्कटल्याण्ड, तेह्रौँमा जिम्बाबे, चौधौँमा नेदरल्याण्डस, पन्ध्रौँमा आयरल्याण्ड र सोह्रौँ स्थानमा संयुक्त अरब इमिरेट्स छ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो। त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औँ स्थानमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्