अर्घाखाँची, २१ वैशाख। प्रदेश नम्बर ५ को नाम ‘मगरात’ राखिनुपर्ने माग गर्दै १२ जिल्लामा हस्ताक्षर अभियान सुरु गरिएको छ।
नेपाल मगर संघले १२ ओटै जिल्लामा शुक्रबारबाट हस्ताक्षर अभियान सुरु गरेको छ। अर्घाखाँचीमा आयोजित कार्यक्रममा मगर संघ ५ नम्बर प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगरले मगरात कुनै जातीय राज्य नभई सबै जाति, समुदायको इतिहास भएको बताए।
उनले एकीकृत मगरात भूमिलाई टुक्रा पारेर मगरहरुको इतिहास मेटाउने दुस्साहस राज्यले गरिरहेको आरोप लगाए।
हस्ताक्षर अभियान आइतबारसम्म चल्ने बताइएको छ।