नेपाल–ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति

10
लाेकपाटी न्यूज

काठमाण्डौं, २१ वैशाख। नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका छन्।

दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज पहुँचलगायत विषयमा सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

अहिले जुटेको सहमित दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षर कहिले हुने भन्ने टुङ्गो नलागे पनि छिट्टै गर्ने तयारी रहेको मन्त्रालयको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्