खेलाडीको वृत्ति विकासमा राज्यले लगानी गर्नुपर्छ : रेनु दाहाल

karate-ctw2
लाेकपाटी न्यूज
0 Shares

चितवन, २१ वैशाख। जापान गुजेरियो कराँते डो केन्वाकाई चितवनको आयोजनामा कराते प्रतियोगिता सम्पन्न भएको छ। शनिवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलपुरमा आयोजित फाइनल खेलका विजयीहरुलाई मेडल तथा सम्मानपत्र प्रदान गर्दै स्वस्थ समाज निर्माणमा खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताइन्।

खेलको माध्यमबाट राष्ट्रको नाम विश्व भरी पुर्याउन खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रमुख दाहालले खेलाडीहरुको वृद्धि विकास र उपयूक्त खेल वातावरण बनाउन राज्यले विशेष लगानी गर्नुपर्ने बताइन्। खेलले घर, समाज हुँदै राष्ट्रलाई नै अनुशासन, सदाचार र उच्च आत्मबल प्रदान गर्न सक्ने बताउँदै उनले यसको विकास र विस्तारमा सबैको सामुहिक सक्रियता रहनुपर्ने बताइन्।

कार्यक्रमको प्रमुख अतिथीसमेत रहेकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुको मनोबल उच्चराख्न सधैँ लागिपरेको स्पष्ट पारिन्। भरतपुरलाई खेल क्षेत्रको हबको रूपमा विकास गर्न योजनावद्ध ढंगले लागि परेको उनको भनाइ छ। दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा २० विगाहा जमिनमा एकेडेमी सहितको अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माण गरिरहेको बताइन।

प्रमुख दाहालले जापान गोजुरियो कराते डो केन्वाई प्रतियोगितामा सहभागी भइ विजयी भएका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्दै विजयी खेलाडीहरुलाई बधाइ दिँदै सुखद खेल जीवनको शूभकामनासमेत दिइन्। खेलमा आआफ्नै नियम र मर्यादा हुने भन्दै उनले त्यसलाई सधैँ आत्मासाथ गरेर अगाडी बढ्न सम्पूर्ण सहभागी खेलाडीहरुलाई आग्रह गरिन्।

कार्यक्रममा प्रदश नम्बर ३ सामाजिक विकास तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले खेलले राष्ट्रको गरिमा र गौरव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै खेलाडीहरुलाई इमानदार भएर खेलक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्न आग्रह गरे।

सचिव सुवेदीले छिट्टै प्रदेश सरकाले सबै जिल्लाहरूमा खेलकुद समिती निर्माण गर्ने बताउँदै सबै जिल्ला र पालिकाहरूमा खेल स्वयम सेवक नियूक्त गरी सकेको बताउँदै ती स्वयमसेवकहरूले खेल र खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खल्ने विश्वास व्यक्त गरे।

यस्तै नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष तथा चितवन उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कंडेल संघका केन्द्रिय प्रशिक्षक विशुन शिह खड्का, डो केन्वाइका केन्द्रिय अध्यक्ष विदुर खड्का, लगायतले खेल क्षेत्रको विकास र यसले समाजमा पार्ने सकारात्मक प्रभावहरूका बारेमा धारणा राखेका थिए ।

जापान गुजोरियो कराते–डोकेन्वाइ चितवनका अध्यक्ष तथा आदर्श यूवा क्लव भरतपुरका उपाध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न समापन समारोहमा देशभरिका विभिन्न उमेर समूहका महिला तथा पुरूष गरी ४५ वटा खेल भएका थिए। १९ गतेदेखि २१ सम्म चलेको उत्तल खेलका विजयी समूह तथा खेलाडीहरूलाइ ६५ वटा गोल्ड मेडल सिल्भ र ६५ र कास्यपदक ११० मेडल प्रदान गरियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्