११ वर्षीय बालिकाको गीति एल्बम सार्वजनिक (भिडियो)

Samriddhi-6
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। ११ वर्षीया बाल गायिका समृद्धि तिमल्सिनाको पहिलो गजल मंगलबार युट्युवमार्फत सार्वजनिक भएको छ। “भए पनि अफगान” बोल रहेको गजलमा समृद्धिले स्वर दिएकी छिन्।

गजलमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत गोविन्द मधुर अचार्यले भरेका छन्। समृद्धिको दोस्रो गीत “भरोसा हौं तिमी मेरो”को चर्चापश्चात् निस्किएको उनको स्वरमा रहेको पहिलो गजलमा गोविन्द मधुर अचार्यले नै संगीत संयोजन गरेका छन्।

सुर संगीत डिजिटल रेकर्डिङ्ग स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट कर्ण संज्याल हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ सन्तोष पौडेलले गरेका छन्।

छायाङ्कन इमान बस्नेतले गरेका छन् भने लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ। भिडियोको सम्पादन किशोर खनालले गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्